आज नेप्से ५ अङ्कले बढ्यो



काठमाडौंः शेयर बजार परिसूचक नेप्से आज (मङ्गलबार) सामान्य अंकले बढेको छ ।

नेप्से आज ५.०४ अंकलें बढेर १३ सय ४७.४४ बिन्दुमा पुगेको हो । मङ्गलबार व्यापार, विकास बैंक, फाइनान्स, उत्पादन, निर्जीवन बीमा र अन्य समूहको शेयर घटेको छ भने अरु सबै समूहको शेयर बढेको छ ।

त्यस्तै माइक्रो फाइनान्स समूहको शेयर ६४ र होटल समूहको शेयर ५५ अङ्कले बढेको छ । मङ्गलबार ९९ करोड ४५ लाख रुपैयाँ बराबरका २५ लाख ६८ हजार कित्ता शेयर किनबेच भएका छन् ।

एनआईसी एसिया ब्यालेन्स फण्ड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् ।

समग्र शेयर बजार बढे पनि समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै साढे ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्