हतियारसहित भारतीय नागरिक नरैनापुरमा पक्राउ



बाँकेः हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले आज पक्राउ गरेको छ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नं.४ घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका उनका बरेमा थप अनुसन्धान भइरहेको छ।

उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमासमेत संलग्न रहेको आशङ्का गरिएको छ।

प्रतिक्रिया दिनुहोस्