सुशान्त सिंह आत्महत्याबारे प्रहरीको यस्तो निष्कर्ष



एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई टुंगोमा पुर्‍याएको छ ।

भारतको मुम्बई प्रहरीले गरेको अनुसन्धानका क्रममा सुशान्तका साथी, समर्थक र आफन्तमाथि सोधपुछ गरिएको थियो । प्रहरी अनुसन्धान चलिरहेका बेला विभिन्न चर्चा–परिचर्चा भएपनि हालसम्मको प्रहरी अनुसन्धानले सुशान्तको आत्महत्यामा कसैको षड्यन्त्र वा हात नरहेको निष्कर्ष निकालेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मुम्बई प्रहरीले सुशान्तको पोस्टमार्टम रिपोर्ट समेत हात पारेको छ । जसका आधारमा प्रहरीले सुशान्तले आफैं आत्महत्या गरेको निष्कर्ष निकालेको छ । समाचार अनुसार प्रहरीले यसलाई आत्महत्याको सामान्य घटनाको रुपमा लिएको छ ।

घटनालाई आत्महत्या नै मान्नुका पछाडि प्रहरीले केही तथ्य समेत निकालेको छ । सुशान्तको कोठा भित्रबाट बन्द रहनु, बेड र पंखाबीचको दूरी एक इन्च मात्रै हुनु, शरीरमा घाउचोटको कुनै निशान नहुनु, कपडामा कुनै संकेत नहुनु, सबै व्यक्तिका मिल्दाजुल्दा बयानका कारण प्रहरी आत्महत्या नै भएको निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्