पर्सामा ६० केजी गाँजा बरामद



वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिका-५ सखुवनीयाबाट सशस्त्र प्रहरीले तीन बोरा गाजा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले तीनवटा बोरामा रहेको अन्दाजी ६० केजी गाजा आइतबार राति बरामद गरेको हो।

जिराभवानी गाउँपालिका ५ शंकरसरैयामा रहेको सुगिभार जङ्गल क्षेत्र भएर भारततर्फ तस्करले टाउकोमा गाजा बोकेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो। गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै गाजाको बोरा फ्याकेर भागेकाले तस्कर भने पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए।

 

बरामद गाजा सोमबार बिहान इलाका प्रहरी कार्याल पोखरियामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। विगत लामो समयदेखि मकवानपुर र धादिङमा उत्पादित प्रतिबन्धित लागुऔषध गाँजा र चरेश पर्सा र चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनहुँदै पर्साको सुबर्णपुर, बिजयवस्ती, शंकर सरैया, सोनवर्षा, पटेर्वा सुगौली, देवारीया, मोरटोलमा भण्डार गरी तस्करले भारततर्फ लैजाने गरेको छ। 

प्रतिक्रिया दिनुहोस्