सर्पले डस्दा एकको मृत्यु



बैतडी : बैतडी पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ ।

उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्