२५ वर्षअघिको जनयुद्ध विप्लवजीले अहिले पार लगाउन सक्नुहुन्न : अध्यक्ष दाहाल



काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का नेकपा नेतृत्वको विप्लव समूहलाई जसरी भए पनि वार्तामा आउन आग्रह गरेका छन्। 

सोमबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले वार्तामार्फत राजनीतिको मुलधारमा आउन अनुरोध गरे। २५ वर्षअघि आफूले थालेको जनयुद्धको नक्कल अहिले विप्लवले गरेका भन्दै उनले यो पार नलाग्ने विषय भएको बताए। उनले भने, ‘मैले उहाँ(विप्लव)लाई राम्रोसँग चिनेको छु, जनयुद्धको नक्कल गर्छु भनेर अघि बढे यो सम्भव छैन।’

उनले आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै त्यस बेलाको परिस्थितिले जनयुद्ध मागेको र अहिले त्यो अवस्थमा फरकपन आइसकेको टिप्पणी गरे। 

 

प्रतिक्रिया दिनुहोस्