मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा



सिरहा : सिरहाको कल्याणपुर नगरपालिका–११ बाट ४ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना७ख ६३८६, ना७ख ४०३२, ना६ख ५६६३ र को१ख ६८२४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

विना मास्क लगाएर हिँडडुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । सो क्रममा मास्क नलगाई हिँडडुल गर्ने २९७ जनालाई पहिलो पटकका लागि सम्झाइबुझाई घर पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्