महिलामा बढि देखिने प्राणघातक रोग



काठमाडौं : रोग भन्ने कुरा कसैलाई पनि कुनै बेला पनि लाग्न सकिन्छ । यसको न त निश्चित समय हुन्छ, न त निश्चित ठाउँ नै हुन्छ । रोग भन्ने कुरा धनी र गरिब दुवैलाई लाग्न सक्छ । तर कतिपय यस्ता रोग हुन्छन् जुन पुरुषमा वा महिलामा बढि देखिने गर्छ । आज हामी महिलामा बढि देखिने  प्राणघातक रोगको बारेमा चर्चा गर्दैर्छौं ।  

मुटु रोग : आजकल मुटु सम्बन्धी रोग कै कारणले धेरै महिलाहरुले अकालमा नै ज्यान गुमाइ रहेका छन् । मुटु सम्बन्धी रोगको कारणले कयौ महिला सिढी चढ्न र ओर्लन असर्मथ हुन्छन् । यसका साथैं उनीहरुलाई सास लिन पनि कठिनाई भइरहेको हुन्छ । मुटु सम्बन्धि रोगमा पनि कोलोनरी मुटु रोग धेरै घातक हुन्छ ।

स्तन क्यान्सर : स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सरमा प्रमुख हो । नेपालमा करिब चार प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिन्छ ।  तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमा अस्पताल जाँदैनन् । जसले गर्दा उनीहरुमा स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । समयमा उपचार गरेको खण्डमा स्तन क्यान्सको उपचार सम्भव हुन्छ । यसको लागि समयमा नै स्तनको स्क्रिनिङ्ग जरुरी छ ।

ओस्टियोपोरोसिस : ओस्टियोपोरोसिस रोगले पनि मानिसहरुलाई बेलाबेलामा तर्साउने गर्छ । महिलाहरुमा चालीस वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वको ठूलो स्वास्थ्य समस्या हो । ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्छ । यसले हड्डीलाई यति धेरै कमजोर बनाइ दिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना बढि हुन्छ । ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।

तनाव : पुरुषको तुलनामा महिलालाई तनावको समस्या बढि मात्रामा हुन्छ । प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकारमा परेका हुन्छन् । हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ । बढि तनाव भएमा मानिस अस्वस्थ हुन सक्छ । यसले मानिसको वृद्धि विकासमा अवरोध खडा गर्न सक्छ । त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने सकिन्छ, भन्ने कुरा सोच्नुपर्छ ।

अटोइम्युन डिजिज : अटोइम्युन डिजिज त्यस्तो विरामी हो, जसले शरीरको इम्युन सिस्टमले शरीरलाई नै आक्रमण गरी शरीरका टिष्युलाई नष्ट गरि दिन्छ । अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, मधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ । भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ । यस रोग बारे अझै पनि धेरै महिला अनविज्ञ छन् । त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नै हुदैंन । यसको लक्षण खासै देखिदंैन । यदि यसको उपचारमा भएन भने यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिदैंन । यदी तपाईंमा पनि यस्तै कुनै रोग देखिएको छ भने तुरुन्तै चिकित्सकसित परामर्श गर्न जरुरी छ । अन्यथा, यसले जटिल समस्या निम्त्याउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्