सोनाक्षीले जुरुक्कै उठाइन् बबीलाई



एजेन्सी : बलिउडका नायिकाहरुमा शत्रुघन सिन्हाकी छोरी सोनाक्षी सिन्हा आफ्नो फरक अभिनय शैलीको कारणले चर्चित छिन् । उनले परम्परागत नायिकाले जस्तो विशुद्ध महिलाले मात्रै गर्ने खालको अभिनय भन्दा पनि ‘मर्दानी’ अर्थात् नायकले गर्ने खालका दृश्यहरुमा बढी जम्ने गर्छिन् ।

हालसालै मात्रै नायिका हुमा कुरैशीले आयोजना गरेको एक पार्टीमा सोनाक्षीले त्यस्तै क्रियाकलाप गरेर चर्चामा आएकी छिन् । नारी दिवसको अवसरमा आयोजित उक्त पार्टीमा प्रियंका चोपडा, अक्षय कुमार, ट्विंकल खन्ना, मलाइका अरोडा, अर्जुन कपूर, सोनाक्षी सिन्हा र बबी देओल समेत आमन्त्रित थिए ।

त्यस पार्टीमा सामेल हुन जब बबी देओल आए, सोनाक्षीले उनलाई अंकमाल गरिन् । त्यसपछि उनले देओललाई कम्मरमा समातेर जुरुक्कै हावामा उठाइन् । उनको त्यो पहलमानी देखेर पार्टीमा उपस्थित सबैजना चकित र रोमान्चित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्