अयोध्यापुरी उत्खनन गर्ने तयारीमा पुरातत्व विभाग



काठमाडौं : पुरातत्व विभागले पर्साको ‘अयोध्यापुरी’ मा उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्योध्यापुरी नै सक्कली ‘अयोध्या’भएको दाबी गरेपछि पुरातत्व विभागले चासो देखाउँदै उत्खनन गर्ने तयारी शुरु गरेको हो ।

पुरातत्व विभागका अनुसार अब त्यहाँ अध्ययन र पुरातात्विक खोज शुरु हुने छ ।

‘माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ।’

अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिने विभागको भनाइ छ । ती अधिकारीका अनुसार हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको चाहिने बताए ।

साथै उनले बजेट व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने बताए ।

अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको न्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो र थिएन भन्ने स्पष्ट हुने बताउँछन् ।

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्