संविधान संसोधन नगरेसम्म राजपा  पछि नहट्ने



काठमाडाैँ  । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संसोधनकालागी सरकारलाई दवाव दिने भएको छ । संसदमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलीपल्ट द नेपाल टप संगको कुराकानीमा राजपाका उपाध्यक्ष  सत्य नारायण मण्डलले सरकारलाई विश्वास गर्ने आधार गुमेकाले समर्थन फिर्ता लिएको बताए । उनले  राष्ट्रिय जनता पार्टीले सरकारसंग गरेको ३ बुँदे सम्झौतामा सरकार गम्भिर नबनेकाले समर्थन गर्न नसकिएको बताए । सरकारले तिन करोड नेपालीकलाई समान हुनेगरी संविधान संसोधन नगरेसम्म आफुहरु पछि नहट्ने बताए ।

रेशमलाल चौधरीको प्रसंगमा उनले भने “हिजो केपी ओली , प्रचण्डपनि त्सैगरी आएको होईन तिनिहरुले गरेको आन्दोलनमा मान्छे मरेका थिएनन् ?रेशमलाल चौधरीलाइृपनि राजनितिक मुद्धाको तवरबाट समाधान गर्नुपर्नेठाउमा अदालतमा लगीयो ” सरकार ले मधेसआन्दोलनका क्रममा झुटा मुद्धालागेका नेताहरुलाई मुद्धा फिर्ता लिने बताएपनि झन फसाउने गरेको आरोप लगाए । सिके राउतसंगगरेको सम्झौताले राजपालाई कुनै असर नगर्ने जिकिर गरे ।

सरकारको तेस्रो ठुलो शक्ति राजपा भएकाले पार्टीनै नभएको संगठन संग गरेको सम्झौताले कुनै असर नगर्ने बताए ।साथै उनले भावि रणनितिका बारेमा पार्टीभित्र छलफल भईरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्