भारत नियन्त्रित जम्मु कास्मिरमा ३ लडाकु मारिए



एजेन्सी,श्रीनगर : भारतीय सेनाको कारबाहीमा आइतबार भारत नियन्त्रित कास्मिरको पुलवामा जिल्लाको ट्रालमा ३ पृथक्तावादी लडाकु मारिएका छन्। सेनाका अनुसार लडाकुबाट २ एके–४७ र एउटा पेस्तोल फेला परेको छ। सेनाले अझै लडाकुको खोजी गरिरहेको जनाएको छ।

 

पृथक्तावादी लडाकु रहेको आशंकामा सेनाले घेरा हाली खानतलास गर्न थालेपछि केही समय भिडन्त भएको सैनिक अधिकारीले बताए। गत मार्च ७ मा पनि हन्दवारामा सेनाको कारबाहीमा एक जना मारिएका थिए। कास्मिर प्रहरीका अनुसार पाकिस्तानी नागरिक उनी पृथक्तावादी संगठन जैस–ए–मोहम्मद आबद्ध थिए। 

प्रतिक्रिया दिनुहोस्