इरानी राष्ट्रपति रुहानी इराक भ्रमणमा



एजेन्सी, बग्दाद : इरानी राष्ट्रपति हसन रुहानी तीनदिने औपचारिक भ्रमणमा सोमबार बग्दाद पुगेका छन्। छिमेकीसँग सम्बन्ध सीमित राख्न अमेरिकाले इराकमाथि दबाब दिइरहेका बेला इरानी राष्ट्रपति रुहानी औपचारिक भ्रमणमा गएका छन्।

तेहरानबाट प्रस्थान गर्नुअघि उनले इरान–इराकबीच ‘विशेष सम्बन्ध’ रहेको बताएका थिए। उनले दुवै छिमेकीबीचको सम्बन्ध इराक र त्यहाँ ‘आक्रमणकारी अमेरिका’ बीचको जस्तो नभएर छिमेकीलाई सबैखाले सहयोग गर्न इरान तयार रहेको बताएका थिए।

 

इराक र इरानका टिभी च्यानलले राष्ट्रपति रुहानीको भ्रमणबाट दुई देशबीच अझ सुदृढ र सुमधुर सम्बन्ध हुने उल्लेख गरेका छन्। इराकिया टिभी च्यानलले राष्ट्रपति रुहानीलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराकी राष्ट्रपतिले स्वागत गर्नुभएको थियो । 

उनले इराकमा रहँदा वरिष्ट इराकी अधिकारीहरु, अरु राजनीतिक नेताहरु तथा धार्मिक नेताहरुसँग भेटघाट गर्नु हुनेछ । इराकी राष्ट्रपति बराम सालिहको निम्तोमा इरानी राष्ट्रपति रुहानी बगदाद गएका हुन्। उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल हुने बताइएको छ। 

इरानी विदेशमन्त्री मोहम्मद जावद जारिफ आइतबारै बगदाद पुगेका थिए। इरानी तेल उद्योग, बैंकिङ र यातायात क्षेत्रमाथि कडा अमेरिकी प्रतिबन्ध जारी रहेका बेला राष्ट्रपति रुहानीले इराक भ्रमणमा गएका छन्। इरान–इराकबीच यसअघि करिब एक दशक वर्षसम्म भीषण युद्ध भएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्