‘कुल्ली नम्बर १’ को रिमेक गरिंदै



काठमाडौं : बलिउडका चर्चित नायक गोविन्दा र नायिका करिश्मा कपूरको सुपरहिट फिल्म ‘कुल्ली नम्बर १’ को रिमेक बन्ने भएको छ । यस फिल्ममा बरुण धवन र साराअली खानको जोडीलाई दर्शकले हेर्न सक्ने छन् । निर्माण युनिट र सारा बीच फिल्मको लागि औपचारिक सम्झौता पनि भइसकेको छ ।

‘कुल्ली नम्बर १’ निर्देशक डेबिड धवनले नै ‘कुल्ली नम्बर १’ को रिमेकलाई निर्देशन गर्ने भएका छन् । यस फिल्मलाई रोहित धवनले निर्माण गर्ने भएका छन् । ‘कुल्ली नम्बर १’ गीत, डाइलग र मसलेदार फिल्म भएका कारणले सबैल धेरै रुचाएका थिए । अब यस फिल्मको रिमेकमा कलाकारले पहिले भन्दा राम्रो काम गर्नुपर्ने चुनौती बढेको छ ।

पहिले यो फिल्म नायिका आलिया भट्टलाई अफर गरिएको थियो । तर, आन्तरिक कुराहरु नमिल्दा आलियाले यो फिल्ममा काम गर्न पाइनन् । आलियासँग कुरा नमिले पछि निर्माण युनिटले यो फिल्म सारालाई अफर गरेका थिए ।

हाल बरुण फिल्म ‘कंलक’को प्रचार र ‘स्ट्रिड डान्सर ३’को छायांकनमा व्यस्त रहेका छन् । त्यसै गरेर सारा ‘लभ आजकल २’को छायांकनमा व्यस्त रहेकी छन् । बलिउड मिडियाका अनुसार ‘कुल्ली नम्बर १’को रिमेकको छायांकन बरुण र साराले हाल काम गरिरहेको फिल्मको छायांकन सकाए पछि सुरु गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्