शेयर बजार दोहोरो अङ्कले बढ्यो



काठमाडाैँ : शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

कूल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको हो ।

यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ विन्दुले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्