६२ वर्षमा पनि जवान ‘अनिल’ 



एजेन्सी : बलिउडका चर्चित नायक अनिल कपूरले बलिउड फिल्म उद्योगमा चार दशक पूरा भइसकेको छ । तर अहिले पनि उनको जवान लुक देखेर जो कोही पनि हैरान हुन्छन् । साथै अनिल कपूर यसरी जवान देख्नुको पछाडिको राज जान्ने इच्छा उनका फ्यानहरुलाई पनि हुने गर्छ । 

हाल अनिल कपूरको उमेर ६२ वर्ष पुगिसकेको छ । तर उनी आफ्नो उमेर भन्दा निकै जवान देखिन्छन् । हालै अनिल कपूरले आफ्नो फिल्म ‘मलंग’ का सह–कलाकारहरुसँगको सामुहिक तस्बिर आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत सेयर गरेका छन् ।

तस्बिर सार्वजनिक भएसँगै अनिल कपूरको लुक देखेर उनका फ्यानहरुले ६२ वर्षको उमेरमा पनि यति जवान देखिएको भन्दै तारिफ गरेका छन् । केहीले भने उनी कसरी आफूलाई यति जवान राख्न सफल छन् भनेर प्रश्न पनि सोधेका छन् । 

नायक अनिल कपूरले यसको जवाफ दिँदै भनेका छन्, ‘म बाहिर र मन भित्रैबाट खुशी छु । म जवान देखिनुको पछाडिको रहस्य भनेको म कडा परिश्रम र मेहनत गर्छु ।’  फिल्म ‘टोटल धमाल’ मा शानदार अभिनय गरेका अनिल कपूरले आउँदो फिल्म ‘मलंग’ को काम पनि सुरु गरिसकेका छन् ।

‘मलंग’ फिल्ममा अनिलसँगै नायक आदित्य रोय कपूर, कुनाल खेमु र नायिका दिशा पटानीको पनि अभिनय रहेको छ । यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका छन् । यो फिल्म अर्को वर्षको फेवररी १४ मा रिलिज हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्