दिवा खाजा नदिने स्कुललाई कारबाही गर्छाैं : मेयर सरावगी



वीरगन्ज : वीरगञ्ज महानगरपालिकाका मेयर कुमार सरावगीले सामुदायिक विद्यालयलाई यथाशीघ्र दिवा खाजा सुरु गर्न निर्देशन दिएका छन्।

वीरगन्ज महानगरपालिका वडा नं ९ स्थित रेल्वे माविमा दिवा खाजा कार्यक्रम सुरु गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले खाजा कार्यक्रम सुरु नगर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिए ।

भर्ना कार्यक्रमबाट ल्याइएका विद्यार्थीलाई विद्यालयमा टिकाएर राख्न दिवा खाजा कार्यक्रम ल्याइएको हो उनले भने , ‘दिवा खाजा सुरु नगर्ने विद्यालयलाई कारबाही हुन्छ ।’

महानगरपालिका भित्र संचालनमा रहेका कतिपय सामुदायिक विद्यालयले अझै दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छैनन् । जसका कारण वीरगञ्जका बालबालिका खाजा सेवाबाट वञ्चित भइरहेका छन् । बालबालिकालाई विद्यालयमा आकर्षित उद्देश्यले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको दिवा खाजा शिक्षक दिनानाथ रौनियारले बताए । 

प्रतिक्रिया दिनुहोस्