साफ महिला फुटबलको ट्रफी सार्वजनिक



विराटनगर : पाँचौं साफ महिला च्याम्पियनसीपको ट्रफी सार्वजनिक गरिएको छ । विराटनगरमा मंगलबारबाट सुरु हुने प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी टिम नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका कप्तान उपस्थित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको हो ।  

विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा आयोजित प्रि म्याच प्रेस कन्फरेन्समा ट्रफी सार्वजनिक गरिएको हो । प्रेस कन्फरेन्समा सबै देशका प्रशिक्षक र टिमका कप्तानले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाएको बताए ।

महिला साफमा अहिलेसम्मकै शक्तिशाली मानिएको भारतले पनि उपाधि रक्षा गर्ने हिबासमा आफ्नो तयारी रहेको जनाएको छ । प्रतियोगिताको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गर्ने तय भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्