रामेछापमा भएकाे सुमाे दुर्घटनामा आमा र छोराको मृत्यु



रामेछाप : रामेछाप-२ खरानेमा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

 

मृतक दुई आमा छोरा हुन् । दुर्घटनामा रामेछाप नगरपालिका-१ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको सोही वडाका वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

 

रामेछापको कुकुरकाटेबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८ १२ को टाटा सुमो अनियन्त्रित भएर साँझ सडकबाट ३ सय मिटर तल खसेको हो ।

 

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल मन्थलीमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्