तीन करोड नागरिकमा १४ सय डाक्टर



काठमाडौ : विश्व स्वास्थ्य संगठन भन्छ, एक हजार जनसंख्या बराबर कम्तीमा एक डाक्टर हुनुपर्छ। तर, नेपालमा १४ सय सय सरकारीसहित जम्मा ४४ सय डाक्टर छन्। यो हिसाबले एक डाक्टरले ६ हजार सात सय पाँच जनालाई हेर्नुपर्छ। हाल देशभर एक हजार ६ सय ५० चिकित्सकको दरबन्दी छ। तर, सरकारी सेवामा अहिले १४ सय डाक्टर मात्र खटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषज्ञ चिकित्सकको संख्या पाँच सय मात्र छ। झण्डै नौ सयको हाराहारीमा मेडिकल अधिकृत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारलाई आठौँदेखि १२औँ तहसम्मका चिकित्सक बढी आवश्यकता छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवका अनुसार २५ वर्षदेखि दरबन्दी नथपिएका कारण सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार एक डाक्टरले एक बिरामीलाई २० मिनेट दिनुपर्छ तर बिरामीले औसतमा पाँच मिनेट मात्र पाउँछन्। नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्