‘धोनी टिमका आधा कप्तान, उनीबिना कप्तान कोहली असहज हुन्छन्’



एजेन्सीः भारतका पूर्व कप्तान बिशन सिंह बेदीले सोमबार महेन्द्र सिंह धोनी भारतिय टिमको 'आधा कप्तान' भएको बताएका छन्। उनले धोनीको अनुपस्थितिमा वर्तमान भारतीय क्रिकेट कप्तान विराट कोहली अस्ट्रेलिया विरूद्ध चौथो म्याचमा असहज देखिएको पनि बताए।

धोनीले अन्तिम २ म्याचबाट आराम लिएका छन्। पाँच म्याचको श्रृखंला २-२ को बराबरीमा सकिएको अवस्था छ। बुधबार हुने निर्णायक म्याचले विजेताको टुङ्गो लगाउनेछ। 'म टिप्पणी गर्नलाई को नै हुँ र? तर हामी धोनीलाई विश्राम दिइएकोमा हैरान थियौं। म्याचमा बलिङ तथा फिल्डिङमा उनको अनुपस्थिति खड्किरहेको थियो। उनी एकप्रकारले आधा कप्तान हुन्', उनले भने।

'धोनी अब युवा त हुनेछैनन् र पहिलेजस्तो फूर्तिला पनि छैनन् तर टिमलाई उनको आवश्यक्ता छ। उनको उपस्थितिमा टिमले संयम भएर खेल्छ। कप्तानलाई पनि आवश्यक्ता महशुस हुन्छ र उनीबिना असहज देखिने गरेका छन्। यो राम्रो संकेत होइन', बिशनले भने, 'म व्यक्तिगतरूपमा भारतीय टोलीलाई वर्तमानमा बाँच्ने सुझाव दिन्छु। विश्वकपका लागि साढे दुई महिनाको समय छ। केबल आफ्नो खेल खेलौं। विश्वकपका लागि पछिल्लो डेढवर्षदेखि हामी प्रयोगमात्र गरिरहेका छौं र म यसबाट खुशी छैन्'।

उनले भारतीय टिमले विश्वकप अघि एक दिवसिय क्रिकेटमा प्रयोग गर्न नहुने बताए। उनका अनुसार यसले टिममा गम्भिर समस्या श्रृजना गर्न सक्छ। 'उनीहरूमध्ये कोई पनि आइपिएलमा घाइते हुन्सक्छन्। यस्तोमा आफ्नो क्लबका लागि खेल्दै गर्दा उनीहरूले आफ्नो शतप्रतिशत नदिन सक्छन्', उनको चिन्ता छ।

प्रतिक्रिया दिनुहोस्