बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए



ओखलढुङ्गाः ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।

आइतबार दिउँसो रिकेश र आकाशले घर गएर अभिभावकलाई यो कुरा सुनाएपछि बाहिरिएको हो । ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ,’ बिस्कुटको आसमा मेरो छोरोले जुत्ता चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा भनिन्, छोराले घरमा आएर भनेपछि थाहा पाइयो ।'  याे समाचार पूर्ण प्रसाद न्याैपानेले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्