सिके राउतकाे राष्ट्रघाती कदमविरुद्द कांग्रेस खिलापमा उभिन्छः सभापति देउवा



काठमाडाै‌ँः  कांग्रेस सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने भनिएको सहमति विपरीत सीके राउतका पछिल्ला गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । 

मंगलबार पोखरामा आयोजित पत्रकारसँगको भेटमा देउवाले सहमतिको एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनका पछिल्लागतिविधि राष्ट्रघाती भएकोे बताए। राउतले दिदै आएको जनमत संग्रहमार्फत छुट्टै देश बनाउने भन्ने अभिव्यक्तिको प्रधानमन्त्री केपी ओलीले खण्डन गर्नुपर्ने नभए राउतलाई पक्राउ गर्नुपर्ने उनको माग छ। 

राउतसँगको सम्झौताबाट नेपालको कुनै पनि भागलाई टुक्राउने काम नमान्ने र यो सह्य नहुने उनले बताए। 'राउतले जनमत संग्रह गरेर देश टुक्राउने कुरा गरेका छन्। मूलधारमा आएको भए त्यस्तो भन्थे?,' देउवाले भने, 'हामीले राउतलाई मूलधारमा ल्याउने कुराको विरोध गरेका छैनौं। तर उनका पछिल्ला अभिव्यक्ति राष्ट्रघाती कदमको रुपमा लिएको छु। यसको खिलापमा हामी जान्छौ।'

राउतका अभिव्यक्तिको प्रधानमन्त्रीले खण्डन गर्नुपर्‍यो वा उनलाई पक्राउ गर्नुपर्ने उनले बताए। एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनको अभिव्यक्तिबारे स्पष्ट पार्ने काम सरकारको रहेको उनको भनाई थियो। देउवाले सरकारले राउतसँग सहमति गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्