सान्टियागो सोलारी बर्खास्त, जिदान रियालको नयाँ प्रशिक्षक



एजेन्सी, मड्रिड : स्पेनको फुटबल महारथी क्लब रियाल मड्रिडले जिनेदिन जिदानलाई प्रशिक्षक नियुक्त गरेको छ । क्लबले सान्टियागो सोलारीलाई बर्खास्त गरेको छ । जिदान १० महिनापछि फेरि प्रशिक्षकमा फर्केका छन् ।

सन् १९९८ मा विश्वकप जितेको फ्रान्सेली फुटबल टोलीका प्रमुख खेलाडी जिदान रियालका पनि पूर्वखेलाडी हुन् । ५ महिना पनि जिम्मेवारी सम्हाल्न नपाइ सोलारी बर्खास्त भएका छन् ।रियालको मिडफिल्डर ४६ बर्से जिदानले युरोपेली च्याम्पियन्स लिगमा क्लबलाई ह्याटट्रिक उपाधि जिताएपछि गत मे मा पद छाडेका थिए ।

अहिले भने उनले सन् २०२२ सम्म प्रशिक्षण दिने सम्झौता गरेका छन् । स्पेनी लिग ला लिगामा रियाल अहिले चिरप्रतिस्पर्धी क्लब बार्सिलोनाभन्दा १२ अंक पछाडि छ । अंक तालिकामा रियाल तेस्रो स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ भने रियालको ५१ अंक छ ।

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा डच क्लब आयाक्ससँग घरेलु मैदानमै अप्रत्यासित रुपमा ४–१ बाट र समग्रमा ५–१ बाट पराजित हुँदै रियाल प्रतियोगिताबाट बाहिरिएपछि सोलारीलाई क्लबले बर्खास्त गरेको हो । अर्जेन्टिनाका पूर्वखेलाडी सोलारी रियालका पनि पूर्वमिडफिल्डर हुन् । 

प्रतिक्रिया दिनुहोस्