नयाँ वर्षमा प्रदर्शन हुदैं ‘यात्रा’



काठमाडौं  : नेपाली फिल्म ‘यात्रा’ चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फिल्म प्रदर्शनीको मिति नजिकिँदै जाँदा फिल्म युनिट प्रचार प्रसारमा लागेको छ । यस फिल्मले सामाजिक प्रेम कथालाई प्रस्तुत गरेको छ । 

यस फिल्ममा धिरेन शाक्य, राजाराम पौडेल, सलोन बस्नेत, सलिममान बनियाँ, विशाल कटुवाल, रियर राई, मलिका महत, ज्हान्वी बस्नेत र प्रेक्क्षा बज्राचार्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ यस फिल्मलाई भट्टराई सहित सुशिल पोखरेल, चिजकुमार श्रेष्ठ र सर्जुमान लिगलले निर्माण गरेका छन्  । यस फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । यस फिल्मको निर्माणमा करिब २ करोड ५० लाख रुपैयाँको लगानी लागेको छ । 

 

प्रतिक्रिया दिनुहोस्