सरकारको दोहोरो चरित्र: बाबुराम भट्टराई



सप्तरी :  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्  । मंगलबार बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै उनले छुट्टै मधेशको माग गर्ने सिके राउतलाई  रिया गर्ने र राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावासका लागी अदालतसंग  सेटिङ गरेको दाबी गरे । पूर्वप्रधानमन्त्री भट्टराईले सरकार काण्डैकाण्डमा फस्दै गएका कारण जनता असन्तुष्ट बनेको बताए । उनले सरकार असफल हुदै गईरहेको  बताए ।

 

प्रतिक्रिया दिनुहोस्