बेहोस भएकी सांसद चौधरीको अवस्था सामान्य बन्दै 



दाङ: नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पताल लगीएकाे छ । गृह जिल्ला दाङको तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा मन्तव्य राखेर फर्कने क्रममा चौधरी एक्कासी बेहोस भएकी थिइन् ।

बेहोस भएकी सांसद चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारकालागी लगाीएको छ । अहिले चौधरीको स्वास्थ्य अवस्था सामन्य बन्दै गएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले  बताए ।

 

प्रतिक्रिया दिनुहोस्