मकवानपुरमा जन्तीबस दुर्घटना: दुई को मुत्यु १७ जना घाईते



हेटौंडा :  मकवानपुरमा जन्तीबोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाईते भएका छन् । भक्तपुरबाट जन्ती बोकेर हेटौंडाकालागि  छुटेको  बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला रहेको  प्रहरीले जनाएको छ ।घाईते  १७ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको चुरे हिल अस्पताल र हेटौंडा अस्पताल हेटौडामा उपचार भईरहेको छ । २८ जना सवार बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । 

 

प्रतिक्रिया दिनुहोस्