आलियाले रिजेक्ट गरिन् ‘आरआरआर’



एजेन्सी : ‘बाहुबली’ सिरिज फेम डाइरेक्टर एसएस राजामौली अहिले आफ्नो नयाँ फिल्म ‘आरआरआर’ का लागि लिड नायिकाको खोजी गरिरहेका छन् । यस फिल्ममा तीन नायिकाको लिड रोल हुनेछ । राजामौलीले फिल्म ‘आरआरआर’मा नायिका आलिया भट्टलाई कास्ट गर्ने योजना बनाएका थिए । यसको लागि उनलाई महँगो पारिश्रमिक दिन पनि उनी तयार थिए ।   

तर आलिया एक पछि अर्को फिल्ममा व्यस्त भएको कारणले ‘बाहुबली’ निर्देशकको फिल्म ‘आरआरआर’ अस्वीकार गरेकी छन् । उनको नयाँ फिल्मको सेड्युल निकै टाइट छ, जसका कारण उनले राजामौलीको फिल्म छाड्न बाध्य भएकी छन् ।

आलियाको फिल्म ‘कलंक’ १९ अप्रिलमा रिलिज हुँदैछ । यसमा कलाकारको ठूलो झुण्ड छ । यसपछि,, उनी ‘सडक २’, ‘तख्त’ र अश्विनी अय्यर तिवारीको एक फिल्ममा व्यस्त रहने छिन् ।

 ‘बाहुबली २’ पछि ‘आरआरआर’ बनाउन लागेका राजामौलीलाई चाँडै तीन नायिका फाइनल गर्नुपर्ने छ । यो फिल्म ३ सय करोडको लागतमा बन्न लागेको छ । यस फिल्ममा जूनियर एनटीआर र रामचरण तेजाको प्रमुख भूमिका रहने छ । यो फिल्मलाई सन् २०२० मा रिलिज गर्ने तयारीमा रहेको छ । फिल्म ६ भाषामा एकसाथ रिलिज हुनेछ । यो फिल्म एक डाँकु र पुलिसको कथामा आधारित छ । 

 

प्रतिक्रिया दिनुहोस्