वीरगन्जमा तस्करीका कपडा बरामद 



वीरगन्ज : सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका लाखाैं रुपैयाँ मूल्य बराबरका कपडा बरामद गरेको छ । वीरगन्ज–१६ स्थित भन्सार यार्ड पछाडिबाट मंगलबार बिहान करिब २ लाख १५ हजार रुपैयाँ बराबरका विभिन्न कपडा सीमावर्ती भारतीय सहर रक्सौलबाट भन्सार तस्करी गरी वीरगन्ज ल्याउने क्रममा बरामद भएको हो। 

सशस्त्र प्रहरीका डीएसपी तिलकबहादुर खड्काको नेतृत्वको मोबाइल टोलीले २ लाख १५ हजार ८ सय रुपैयाँ बराबरको साडी, कुर्ता सुरुवाल, सर्टिङ, सुटिङ, प्रिन्टेड कपडा, थान कपडालगायत सामान बरामद गरेको हो।

 

बरामद सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्रका डिएसपी खड्काले बताए। सशस्त्रले भन्सार गेट अगाडि जाँच कडा पारेपछि तस्करले चोर बाटो भएर तस्करीको मालसामान भित्र्याउने गरेका छन्।

वीरगन्ज भन्सार कार्यालयको पूर्वपट्टिको इनर्वा गाउँमा रक्सालबाट ल्याएको लत्ताकपडालगायत मालसामान भित्र्याउने गरेका हुन्। सशस्त्रले कडा गस्ती पारेपछि तस्करको मालसामान धमाधम पक्राउ पर्न थालेको छ। 

 

प्रतिक्रिया दिनुहोस्