खोल्सीमा खसेर वृद्धको मृत्यु 



खोटाङ : खोटाङमा लडेर एक वृद्धको मृत्यु भएको छ। खेतबाट दाउरा लिएर घर फर्कने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ७० वर्षीय टीकाराम गुरुङको मृत्यु भएको हो।

खेतमा गहुँबाली हेरेर उनी फर्कंदै गरेका उनको मंगलबार लडेर मृत्यु भएको वडासदस्य चित्र राईले बताए। 

करिब १५÷१६ फिट तल खोल्सीमा खसेका गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कटुवालले बताए। 

 

प्रतिक्रिया दिनुहोस्