जिल्लाको विकासमा कुनै कसर बाँकी राखिन्न : सांसद यादव



वीरगन्ज : प्रतिनिधिसभा सदस्य एवं संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले जिल्लाको विकास पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। 

सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत वीरगन्ज महानगरपालिका–१५ भिस्वामा विवाह भवनको शिलान्यास गर्दै सांसद यादवले पर्साको विकासमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले विकास निर्माणमा पर्सा पछि परेकाले पूर्वाधारलगायत सडक निर्माणको जिम्मा लिएका ठेकेदारले समयमै काम नसके सम्बन्धित निकायले कारवाही गर्नुपर्ने माग गरे।

संसदीय विकास पूर्वाधार कोषबाट २० लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो। शिलान्यासमा संघीय समाजवादी फोरम नेपालका नेता, कार्यकर्ता तथा स्थानीय उपस्थित थिए।  

प्रतिक्रिया दिनुहोस्