दशैं मनाउन घर गएकाहरु काठमाडौं फर्कन थाले



काठमाडौं : दशैं मनाउन घर गएका सर्वसाधारण विस्तारै आफ्नो कार्यथलो फर्कने क्रम शुरु भएको छ । विजयादशमीको टीका लगाएपछि कार्यक्षेत्र फर्कन शुरु भएको हो ।

 

दशैंका कारण सुनसान जस्तै देखिएको काठमाडौंमा पनि चहलपहल बढेको छ । टीकाको दिन सुनसान देखिएको काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ ।

 

राजधानी भित्रने कलंकी,कोटेश्वर, बालाजु, बल्खु र सांखु जस्ता मुख्य नाकाहरुमा पनि सवारीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

 

यस वर्ष दशैं मनाउन करिब २४ लाख मानिसले काठमाडौं छाडेको अनुमान छ । मुलुक संघीय संरचनामा गएपनि विभिन्न अवसर र सुविधाका कारण काठमाडौं आउने क्रम घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्