प्युठान दुर्घटना अपडेट : मृत्यु हुने सातै जनाको पहिचान (नामावलीसहित)



प्युठान : प्युठानमा शनिबार राति भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ भने मृत्यु हुने सबै रोल्पाका रहेका छन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगरको मृत्यु भएको हो ।

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु

मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टरमा आठ जना सवार थिए । तीमध्ये रोल्पाका विशाल थापा हामफालेर बाँच्न सफल भएका छन् ।

प्रकाशित : साउन ४, २०७७

प्रतिक्रिया दिनुहोस्