हात्तीको आक्रमणमा एकको मृत्यु



झापा  : जंगली हात्तीको आक्रमणबाट झापाको कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । मंगलबार अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न गएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्