जुनारबाट २५ करोडको आम्दानी



सिन्धुली : सिन्धुलीमा यस वर्ष जुनारबाट झन्डै २५ करोड बढी आम्दानी भएको छ । जुनार कृषकले बोटबाटै राम्रो मुल्य पाएपछि विगतको भन्दा बढी आम्दानी भएको हो । जुनार विकास संघ सिन्धुलीका अनुसार यो वर्ष जिल्लामा झन्डै ९ हजार मेट्रिकटन जुनार उत्पादन भएको र सो जुनार मोटो रकममा कारोबार भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष जुनार खेती गर्ने कृषकको संख्या बढ्नु तथा उत्पादन पनि बढेपछि यसवर्ष जुनारबाट राम्रो आम्दानी भएको हो । किसानलाई विगतका वर्षमा प्रतिदाना पाँच रुपैयाँमा पनि बिक्री गर्न हम्मे हम्मे पर्ने गरेपनि यस वर्ष किसानले सुरुमै प्रतिदाना ८ देखि १० रुपैयाँ बोटबाटै पाएका थिए ।

बोटबाटै किसानले राम्रो मुल्य पाएपछि यस वर्ष जुनारबाट सिन्धुलीमा मोटो रकम भित्र्याएको हो । जुनारको फल कुहाउने चाइनिज सिटस फ्लाई किराकोे समस्याले झण्डै ३० प्रतिशत जुनार नोक्सान हुँदा समेत किसानले राम्रो आम्दानी लिएका हुन् । पन्ध्र करोड बराबरको जुनार किरालेनै सखाप पारेपछि किसान चिन्तित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्