images

काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै

काठमाडाैं : काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ं उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । आवास भवन, उद्योग, कलकारखाना, सडकलगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ । 

उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या छैन

काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको दोहन अत्यधिक भए पनि उपत्यकाबाहिर भने त्यस्तो समस्या देखिएको छैन । ‘हामीले उपत्यकाबाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गरिरहेका छौँ,’ पोखरेलले भने, ‘तर, उपत्यकाबाहिरका कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह घटेको छैन ।’ 

उपत्यकाबाहिर जमिनमुनि पानी रिचार्ज हुँदा  उल्टै भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा राहत पुग्ने गरेको पोखरेलको भनाइ छ । भूमिगत जलस्रोत विकास समितिले ०६६ पुस महिनादेखि उपत्यकाका विभिन्न २० क्षेत्रमा डिप ट्युबवेल राखेर अध्ययन सुरु गरेको थियो । आवश्यकताअनुसार डिप ट्युबवेल थप्दै गएपछि अहिले २९ क्षेत्रमा राखेर जमिनमुनि पानीको अध्ययन भइरहेको छ । याे समाचार वीरेन्द्र अ‍ोली र सुवाष भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

केराखेतीमा देखिएको कोत्रे र गबारो किराको प्रकोपका कारण किसान चिन्तित

केराखेतीमा देखिएको कोत्रे र गबारो किराको प्रकोपका कारण किसान चिन्तित

म्याग्दी : विगत दुई वर्ष अघिदेखि म्याग्दीको केरा खेतीमा देखिएको कोत्रे र गबारो किराको प्रकोप बढ्दै गएपछि केराखेतीमा..

आजको राशिफल: असार-५, बिहीबार

आजको राशिफल: असार-५, बिहीबार

वि.सं. २०७६ असार ५, बिहीबार। इ.स. २०१९ जुन २०। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। तृतीया, १६:०..

अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्य..

बैतडीमा खानेपानीको चरम समस्या, पानीका मुहान सुक्दै

बैतडीमा खानेपानीको चरम समस्या, पानीका मुहान सुक्दै

बैतडी : पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार/पाँच वर्ष पहिला कलकल पानी बग्ने खो..

आगालागीबाट खण्डहर बनेको बस्तीमा अग्निपीडितका लागि नयाँ घर निर्माण

आगालागीबाट खण्डहर बनेको बस्तीमा अग्निपीडितका लागि नयाँ घर निर्माण

गलकोट : आगालागीबाट खण्डहर बनेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँको बस्ती पुनःनिर्माण गरिएको छ..

हुम्ला दुर्घटना : १० यात्रुसहितकाे जिप कर्णाली नदीमा २१ घन्टादेखि बेपत्ता

हुम्ला दुर्घटना : १० यात्रुसहितकाे जिप कर्णाली नदीमा २१ घन्टादेखि बेपत्ता

हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । मंगलबारदेखि नै प्रहरी, सेन..