प्रदेशस्तरीय कबड्‍डीको उपाधी सवैलाले कब्जा गर्‍याे, महिलातर्फ सप्तरीलाई हराउँदै धनुषा पहिलाे 



जनकपुरधाम : प्रत्येक वर्ष दशैंमा सवैलामा आयोजना हुने कबड्‍डी प्रतियोगीता यस वर्ष प्रदेशस्तरीय रुपमा आयोजना गरिएकोमा देशमै अब्बल टिम मानिएकाे कबड्‍डी संघ धनुषाको टिमलाई पराजित गर्दै सवैला टिम उपाध जित्‍न सफल भएको हो ।

 

धनुषाको आधिकारिक टिमलाई ३४/३२ अंकले हराउँदै सवैलाले नगद पुरस्कार ५१ हजारसहित प्रथम उपाधि हात पारेको हो । 

 

धनुषाले ३१ हजार नगदसहितको दोस्रो पुरस्कारमा जितेको हो । शुक्रबार वेलुकी सुरु भएको फाइनल प्रतिस्पर्धा रात परेपछि शनिबार बिहानसम्मका लागि सारिएको थियो। शुक्रबार स्थगित हुदाँ समेत सवैलाका दुवै टिम एक अंकले अगाडी थिए ।

 

शनिबार पुनः शुन्यबाट खेल सुरु भएको थियो । त्यसैगरि महिलातर्फको उपाधि भने धनुषा संघकै महिला टिमले जितेको छ । सप्तरी टिमलाई पराजित गर्दै धनुषा उपाधि जित्न सफल भएको हो ।

 

बिजेता र उपबिजेता दुवै टिमलाई सवैला र शहिदनगर नगरपालिकाका मेयरद्‍वय विजयशंकर साह र उदय यादव वरवरिया र कबड्‍डी संघका केन्द्रीय उपाध्यक्ष विरेन्द्र यादवले पुरस्कार प्रदान गरेका थिए ।

 

पहिलो हुने दुवै टिमको प्रथम पुरस्कार सवैला र दोस्रो हुने दुवै टिमको पुरस्कारको सौजन्य शहिदनगर नगरपालिकाले गरेको थियो । श्री गुराँस युवा क्लव सवैलाको अयोजनामा हुने प्रतियोगिता प्रदेश स्तरियसम्म आइपुगेको र अगामी दिनमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने क्लवका अध्यक्ष नथुनी यादवले घोषणा गरे ।

 

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवसहित स्थानिय नेताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्