अदुवा खानुकाे फाइदै फाइदा, निकाे पार्न सक्छ यस्ता राेग



एजेन्सीः अदुवा मसलाको रुपमा भान्सामा प्रयोग गरिन्छ। अदुवाले तरकारीका परिकार, चिया समेत स्वादिष्ट बनाउँछ। खानाका परिकारमा जसरि अदुवाले मीठो स्वाद थप्छ, त्यसरी नै हाम्रो स्वास्थ्यलाई पनि राम्रो बनाइदिन सक्छ।

अदुवाको एक सानो टुक्रा खानाले बाडुली लागेको निको हुन्छ। यसको लागि यदि अदुवा यत्तिकै खान सकिंदैन भने, एक गिलास दुधमा एक चम्चा अदुवाको पाउडर राखेर पिउन सकिन्छ। 

एक चिम्टी अदुवाको धूलो, एक चिम्टी हिङ्ग र आधा चम्चा नुन मिलाएर तातो पानीसंग खानाए पेटको समस्या जस्तै, अपच, ग्यास आदि निको हुन्छ।

आधा चम्चा अदुवाको पेस्टमा आधा चम्चा ल्वाङ्ग, आधा चम्चा हिङ्ग, आधा चम्चा कालोनुन मिलाएर साना-साना गोली बनाउने। दिनको ३/४ पटक एउटा एउटा गोली खानाले घाँटीको दुखाई साथै अरु समस्या पनि निको हुन्छ।

सधै खाना खानुभन्दा पहिले अदुवाको चटनी खानाले घाँटी सफा हुन्छ र भोक लाग्छ। हरेक दिन तीन पटक, मह, अदुवा र तुलसीका पातको रस मिलाएरा खानाले धेरै रोगबाट छुटकारा मिल्छ।

अदुवाको धूलो र लसुनलाई पेस्ट बनाएर सुन्निएको ठाउँमा लगाउँदा आराम मिल्छ। अदुवाको रस कागतीको रस र सिधे नुनलाई मिलाएर खाना खानुभन्दा अगाडी र खाना खाएपछि खानाले अपचबाट छुटकारा मिल्छ।

प्रतिक्रिया दिनुहोस्