भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित



एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका छन् । यसअघि आइतबार त्यहाँ ३७ हजार ४०७ जना संक्रमित भएका थिए ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ११ लाख १८ हजार १०७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ७ लाख ३९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ९० हजार २०५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको २७ हजार ५०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्