हत्या गरी फालेको अवस्थामा शव फेला



बझाङः सदरमुकाम चैनपुरमा एकजनाको ढुङगाले हानेर हत्या गरिएकोे अवस्थामा शव फेला परेको छ । सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए। सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्