प्याब्सन अध्यक्षमा पुरीको सम्भावना बढ्यो



नेपाल टप काठमाडौं: निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को १४औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भइसकेको छ। नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुंगानाको समूहले मनोनयन दर्ता गराएका थिए।

अहिले कार्यसमितिका सबै पदाधिकारीमा सहमतिको प्रयास जारी छ। पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुंगानालाई सहअध्यक्ष बनाउने सहमति हुन लागेको प्याब्सनस्रोतले बताएको छ। सहमति जुटे महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ।

१३औं महाधिवेशनमा विजय सम्बाहाम्फेसँग पराजित भएका पुरीले यो अधिवेशनबाट प्याब्सनको नेतृत्व सम्हाल्ने निश्चितजस्तै देखिएको छ।  विधानमा नभएका केही पद थपघट गर्दै सहमतिको प्रयास जारीरहेकाले विधान संशोधन गर्ने तयारी पनि भइरहेको छ।

पदाधिकारीको घोषणाअघि विधान संशोधिन गरिने स्रोतले बताएको छ। बुधबार दिउँसो १ बजे सहमतिको घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । सम्मेलनमा कुल २ हजार ४ सय ३८ प्रतिनिधि सहभागी छन् ।  

प्रतिक्रिया दिनुहोस्