भारतीय ट्रकको ठक्करबाट वीरगञ्जमा २ को मृत्यु



वीरगञ्जः मोटरसाइकलमा सवार दुईजनालाई भारतीय ट्रकले ठक्करदिँदा घटनास्थलमै मृत्यु भएको छ । मंगलबार राति ९ बजेतिर भारतबाट आउदै गरेको एन एल ०१ जी ०९६२ नम्बरको ट्रकले विरगञ्जमा ना ४६ प ९००९ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

फलाम बोकेको मालबाहक भारतीय ट्रकले वीरगञ्जको शंकराचार्य गेटनजिकै मोटरसाइकललाई ठक्करदिँदा एक महिला र एक पुरुषको मृत्यु भएको र उनीहरुको सनाखन हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । मृतक दुबैजना रक्सौलबाट आइरहेका थिए उनीहरुको पहिचान हुन सकेको छैन । ट्रक र ५५ वर्षीय हरेराम ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्