दुर्घटनामा मुत्यु हुनेको सनाखत



बिरगंज : बिरगंजको शकराचार्य चोकमा हिजो भएको सवारी दुर्घटनामा मुत्यु हुनेको सनाखत भएको छ । रक्सौलबाट बिरगंजकालागी छुटेको  ना ४६ प ९००९ नम्बरको मोटरसाइकललाई भारतिय नम्वर प्लेटको एन एल ०१ बि ०९६२ नम्वरको ट्रकले  शकराचार्य गेटमा ठक्कर दिदा भारत बिहार बेतिया जिल्लाको थाना मझौलिया ग्राम भगरीका ४० बर्षिय भुटन साह र उहाँकी श्रीमति अनिता साहको मुत्युभएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्त राज शर्माले बताए । शवलाई पोष्टमार्टमकालागि बिरगंजको नारायणी अस्पतालमा राखिएको छ भने  ट्रक र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्