कालीगण्डकी नदीको भेलमा आश्रित पर्वतका एक समुदाय



काठमाडौं : निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालाीगण्डकी नदीमा पानीको सहथ २७ वर्ष उताकै उच्च बिन्दुमा पुगेको हो ।

नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा केही दिनदेखि भारती वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च विन्दु पार गरेको छ । विसं. २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो ।

निरन्तरको वर्षाका कारण नदीमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।

तर, कालिगण्डकी नदीमा पानीको सतह बढेपछि भेलमा पसेर काठदाउरा संकलन गर्न यतिबेला पर्वतको एक समुदाय भने व्यस्त छ । ज्यान नै हत्केलामा राखेर दाउरा व्यवस्थापनका लागि नदी किनार यतिवेला उनीहरुको कर्मथलो बनेको छ ।

पदम परियारलाई नदीको बढ्दो भेलको कुनै प्रवाह छैन । उनी साँझ बिहान नदीको किनारमा काठदाउरा बटुल्नमै व्यस्त छन् ।

जलजला गाउँपालिका, वासर्खक, माझफााट, लेखफाट र नाग्लिवाङ्गका वषर्भरि झण्डै पाँच सय परिवार कालिकण्डकी नदी किनारमा बगेर आएको दाउरा जम्मा गर्ने कर्ममा व्यस्त हुन्छन् ।

पदम परियार भन्छन्–‘ग्यास छैन, यही कालिगण्डकी नदिले बगाएर ल्याएको दाउरा जम्मा गरेर खाना पकाउँछै ।’

यो वस्तीका अधिकांश मानिसको आर्थिक अवस्था कमजोर छ । त्यसैले कालीगण्डकी किनारमा काठदाउरा बटुलेर गुजारा गर्छन् । यहाँका अधिकांश पुरुष स्थानीय व्यवसायीका ट्याक्टर र ट्रकमा मजदुरी गर्छन् । अशक्त परिवार भने ग्याँसको साटो दाउरा बाल्छन् ।

नदीको क्षेत्राधिकार भित्रै जलजला गाउँपालिका पर्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिका वा नगरपालिकाभित्रको सम्पत्ति र स्थानीय नागरिकको सुरक्षा र संरक्षणको दायित्व हुन्छ । तर, नदीको भेलामा काठदाउरा संकलन गर्दा ज्यानकै जोखिम हुने भए पनि यहाँको गरिबीका कारण गाउँपालिकाले बन्देज गरेको छैन ।

गरिबीबाट लड्नको लागि त्यो व्यवसायीले सहयोग गरेको बताउँछन् जलजला गाउँपालिका पर्वतका कर्मचारी लीलाधर सुवेदी । उनले अब यसको विकल्पको बारेमा अध्ययन भइरहेको बताएका छन् ।

वर्षाको भेलसागै बेगेर आएको काठदाउरा धेरैले प्रयोग नै गरेका छन् भने, केहीले खुसुक्क ढुवानी गरी अन्यत्र लगेर आम्दानीको मुख्य श्रोत नै यसैलाई बनाउने गरेका छन् ।

त्यसोत नदीमा पानीको बहाव बढेसँगै सबैभन्दा बढी जोखिम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको बेनी बजार, पर्वतको बारी बेनी बजार, पर्वतको मालढुङ्गामा रहेको माझी बस्ती, सेतीवेणी बजार लगायतका क्षेत्र उच्च जोखिममा रहेका छन् । यता नदीमा पानीको बहाव उच्च भएपछि कालीगण्डकी ए जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ । नदीमा बढेको बहावले कालीगण्डकी जलाशय आसपासका बस्ती जोखिममा पर्न थालेपछि सबै ढोका खोल्न लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शुम्भरप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित : साउन ५, २०७७

प्रतिक्रिया दिनुहोस्