कला संस्कृतिकाे जगेर्ना गर्न जनकपुरका युवाले ‘झिझिया नाइट’ को आयोजना गर्दै



जनकपुरधाम : आफ्नो कला संस्क़ृतिको प्रवर्धनको निमित्त जनकपुरधाममा युवाहरुको एक समूहले 'झिझिया नाइट' को आयोजना गर्न लागेका छन् । कार्तिक ६ गते जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा हुन लागेको झिझिया नाईटमा गाउँ-गाउँबाट महिलाहरुको झिझिया टोलीलाई आमन्त्रणा गरिएको आयोजक सदस्य नेहा झाले बताए।

 

नेहाका भनिन्, 'हाम्रो कला र सांस्क़ृति सबै भन्दा पुरानो छ तर अहिले हामी जस्ता युवाहरुलाई त्यसबारे धेरै जानकारी छैन त्यसकारण हाम्रो प्राचीन संस्क़ृतिबारे जानकारी दिन र युवालाई पनि यसको हिस्सा बनाउन यो आयोजना गरिएकाे हाे ।'

 

मंगलबार अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म कार्यक्रम हुने र त्यसको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक सदस्य रवी नायकले बताए । उनले भने, ' टेन्ट साउण्ड सिस्टम, लाइट सबैको व्यवस्थापन भइसकेको छ ।'

 

अर्का सदस्य अमित सूडी भने, 'अव प्रत्येक वर्ष हामी यो झिझिया लोक नृत्यको आयोजन गर्ने मनसायमा गरेका छाैं । कार्यक्रमलाई मूर्तरूप दिन अहिले जनकपुरधामका युवाहरु लागि परेका छन् ।'

 

खास गरेर बिजयादशमीको बेला जनकपुरधामबाट बाहिर रहेका युवाहरु पनि आउने गर्छन्  र यसप्रकारको आयोजन हुनु आफैंमा राम्रो संकेत भएको आशीष मल्लिकको भनार्इ छ ।

 

त्यस्तै अर्का युवा सदस्य प्रवीन महतो भन्छन्, 'हामी चाडपर्वको बेला जम्मा हुने गर्छौ । त्यस्तो बेला मात्र घुमघाम गरेर समय बिताउनु तास खेलेर समय खेर फाल्नु भन्दा यस्ता संस्कृति जाेगाउने काममा लाग्नुले हामी सबैलार्इ फाइदा पुग्छ ।

 

झिझिया नाईटको आयोजनमा झण्डै २ लाख रुपयाँ खर्च हुने आयोजककाे अनुमान रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्