मोटरसाइकलमाथि बस पल्टिँदा तीन जनाको मुत्यु



सप्तरी : सप्तरीमा गुडिरहेकाे मोटरसाइकलमाथि बस पल्टिँदा तीन जनाको मुत्यु भएको छ । बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसहास्थित सुरुङ्गा पुल छेउमा को२४प ६४२५ नम्बरको मोटरसाइकलमाथि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४९३४ नम्बरको बस पल्टिएकाे हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै मुत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । अर्का एक मृतकको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि आक्रोशित स्थानीयले केहीबेर सडक अवरुद्ध पारेका थिए । घाइतेहरुको  लहानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्