पूर्वराजा शाह आज जनकपुरधाम आउँंदै



जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाह तराई–मधेसको धार्मिक भ्रमणका क्रममा बुधबार जनकपुरधाम आउँदै छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार पूर्वराजा शाह जनकपुरमा सीताशरण होटलमा बस्नेछन्। 

फागुन ३० मा सर्लाहीको प्रसिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधामस्थित श्रीरामजानकी मन्दिर र चैत २ गते गाईघाटको  राधाकृष्ण मन्दिरमा उनले पूजापाठ गर्ने उनका निजीसचिव फणिन्द्र पाठकले जानकारी दिएका छन्।

पूर्वराजा शाहका लागि होटलमा ८ कोठा बुक गरिएको छ । होटल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। उनी झापाबाट बुधबार साँझसम्म जनकपुरधाम आइपुग्ने बताइएको छ। 

जनकपुरधामको केही स्थानमा पूर्वराजा शाहको स्वागतमा ठूला द्वारहरू समेत निर्माण गरिएको छ। फागुन २२ गते नै उनी जनकपुर आउने कार्यक्रम थियो तर पूर्वमुमा बडामहारानी रत्न शाह बिरामी भएर अस्पतालमा भर्ना गर्नु परेकाले रद्द भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्