मूर्ति सेलाउने क्रममा दुर्इ समूहबीच झडप, धारा १४४ लागू



सीतामढ़ी : बिहारको सीतामढ़ी जिलाको डुमरा थाना क्षेत्र अतर्गत मधुवन गान्वमा शनिबार मूर्ति विसर्जन गर्ने क्रममा दुर्इ समूहबीच झडप भएकाे छ ।

 

झपडले उग्र रुप लिएपछि ढुङ्गा हानाहान भएकाे जनाइएकाे छट ।  ढुङ्गा हानाहान हुँदा  दर्जनभन्दा बढी घाइते भएको भारतीय समाचार एजेन्सी प्रभातखबरले लेखेको छ ।

 

सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो तर उग्रसमूहले प्रहरीमाथि पनि उल्टै ढुङ्गामुढा बर्साएपछि प्रहरीको गाडीमा क्षति पुगेकाे छ । स्थिति नियन्त्रण लिन सीतामढी प्रशासनले धारा १४४ लागु गरको छ ।  त्यसका साथै भारी संख्यामा प्रहरी परिचालन गरिएको हो ।

 

अहिलेसम्म एक दर्जनभन्दा बढीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।  प्राप्त जानकारी अनुसार अहिले सीतामढ़ी क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको ख़बर छ ।

प्रतिक्रिया दिनुहोस्