हङकङमा सुनको मूल्य बढ्यो



हङकङ : हङकङमा बुधबार सुनको मूल्य बढेको छ । त्यहाँ प्रति ३७ ग्राम सुनको मूल्य करिब १ हजार ५ सय ५६ अमेरिकी डलर (१२ हजार २ सय १० हङकङ डलर) भएको छ ।

चिनियाँ गोल्ड एन्ड सिल्भर एक्सचेन्ज सोसाइटीका अनुसार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलर वृद्धि भएको छ । त्यहाँ बुधबार १ अमेरिकी डलर ७ दशमलव ८५ हङकङ डलरमा किनबेच भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्